काठमाडौँ । नेपालमा नोबेल कोरोना भाइरस, कोभिड १९ सङ्क्रमितको कुल सङ्ख्या २ सय १७ पुगेको छ ।
राति सवा १० बजे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २६ जनामा सङ्क्रमण देखिएको हो ।
थप सङ्क्रमण पुष्टि भएकाहरु पर्सा जिल्ला निवासी २२, २८, २८, ३२, ४५ र ६० वर्षका महिला र १६, २२,२४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१ र ६१ वर्षका पुरुष रहेको मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी महोत्तरी निवासी १६ र ३५ वर्का पुरुष अनि धनुषा जिल्लाका २० वर्षका महिला र ४० वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको डा अधिकारीको भनाइ छ ।
भक्तपुर निवासी २५ वर्षका मिहला र २७ वर्षका पुरुष, काठमाडौँ जिल्ला निवासी ३३ वर्षका महिलाका साथै सर्लाहीका ४५ वर्षका एक पुरुषमा पनि कोरोना पुष्टि भएको सहप्रवक्ता अधिकारीले बताउनुभयो ।
यसअघि आज दिउँसो ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ३९ जना पर्साका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७, २२:२८