काठमाडौं । नेपालमा फेरि कोरोना सङ्क्रमित फेला परेका छन । छिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जानमाक संक्रमण पुष्टि भएको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बाँके नरैनापुरका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषहरु र मकवानपुरका ३६ वर्षका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २४ जिल्लाका संक्रमित पाइएका छन् । कुल संक्रमित संख्या भने २ सय ५८ छ । शुक्रबार बिहान मकवानपुरमा पहिलो पटक एक जनामा संक्रमण भेटिएसँगै २४ जिल्लामा संक्रमण फैलिएको हो । बाँकेको नरैनापुरका ८ जनामा संक्रमण देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७, ०८:५१