काठमाडौं । सरकारले लकडाउनको स्वरुपलाई परिवर्तन गर्ने भएको छ । जोखिमको क्षेत्र पहिचान गरेर त्यस अनुसार लकडाउनको स्वरुप बनाउने निर्णय गरेको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको निर्णय मन्त्रिपरिषदले सिफारिस गरिनेछ । समितिको आज शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिनुभयो ।
लकडाउनका कारण नेपालमै रहेका जापान र हङकङका नागरिकहरूलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७, १५:१५