काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमितको सङ्खया २ सय ७३ पुगेको छ । आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै जम्मा सङ्क्रमित सङ्ख्या २ सय ७३ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएअनुसार काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया राजापुर नगरपालिका- ११ का २८ वर्षकी महिलामा कोरोना पुष्टि भएको हो ।
सिरहाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका- १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी १८ वर्षकी महिला र चितवन गढौलीकी २५ वर्षकी महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७, ११:१४