काठमाडौँ । आज मात्र ११ जना थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या २ सय ७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले आज दिउँसो थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
डा देवकोटाले धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएको बारेमा अनुसन्धान भइरहकेो बताउनुभयो ।
उहाँका अनुसार काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यसअघि आजै बर्दिया राजापुरकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो ।
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि आजै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७, १७:०५