काठमाडौं । नेपाली सेनाका पृतनापतिलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको नेपाली सेनाले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रायलले शनिबार काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको भनेको थियो ।
उनी दुवै जना नेपाली सेनाको मध्यपूर्वी पृतनामा कार्यरत रहेको ५२ बर्षका पुरुष पृतनापति रहेको सैनिक स्रोतले जानकारी दिएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पनि दुईजना सैनिकका कोरोना सङ्क्रमण भएको र उनीहरुको सम्पर्कमा रहेकाहरु सबैलाई आइसोलेसनमा लिइसकेको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७, २१:०३