काठमाडौँ । नोबेल कोरोना भाइरस, कोभिड १९ का कारण नेपालमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको कोरोनाको कारण मृत्यु भएको हो ।
नरैनापुर गाउँपालिका ५ को दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका ती युवक भारतबाट केही दिनअघि नेपाल आएका थिए ।
आज बिहान छ बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको थियो । उनको स्वावको नमूना हिजो सङ्कलन गरिएको थियो तर जाँचको रिपोर्ट नआउँदै मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती युवको रिपोर्टमा उनी कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ ।
क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएपछि भोजभगवानपुर गाउँलाई पूर्ण रुपमा बन्द गर्ने तयारी भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सीआईएनसँग बताउनुभयो ।
नरैनापुर ५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । नरैनापुरका ११ वटा क्वारेन्टाइनमा करिब सात सय नागरिक बस्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७, १६:३८