काठमाडौँ । बाँकेमा २ र कपिलवस्तुमा १ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका ३ का ३२ वर्षका एक पुरुष र खजुरा ३ की एक ४२ वर्षकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आजै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ५७ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७, २१:०२