बीरगञ्ज । कोरोनाभाइरस सङ्क्रमणको दर जति उच्च हुँदैछ कोरोनालाई जितेर घर फर्किनेहरुपनि थपिदै गएका छन् । पर्सामा एकैदिन संक्रमित भएका २ महिने शिशु र १० बालबालिका सहित १८ जना अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।
वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनबाट आइतबार राति ११ बजे डिस्चार्ज गरिएका १८ जना, एउटै परिवारका हुन् । २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरि घर पठाइएको अस्पतालले जनाएको छ ।
यसअघि शनिबार पनि नारायणी अस्पतालबाटै ९ जनालाई डिस्चार्ज गरिएको थियो । अहिलेसम्म १ सय ३ जना कोरोना जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७, ०७:५८