काठमाडौं । नेपालको नयाँ नक्सासहित संघीय संसद्को लोगो परिवर्तन गरिएको छ । अद्यावधिक गरिएको नेपालको नक्सा राखेर संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगो परिवर्तन गरिएको हो ।
संघीय संसद्को नयाँ लोगो आजै मंगलबार बस्ने बैठकबाट प्रयोगमा ल्याइएको छ । भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जेठ ७ गते सरकारले जारी गरेको थियो ।
नयाँ नक्सासहितको नयाँ लागो लगाएर सांसदहरु संसदमा प्रवेश गरेका छन । सरकारले नक्सामा ती भूमि राखेर अद्यावधिक गरेपछि संसद्ले उक्त नक्सा प्रयोगमा ल्याउने निर्णय गरेको हो ।
त्यही निर्णयअनुसार सांसदहरूले लगाउने लोगो, रोस्ट्रममा भएको प्रतीक चिह्नलाई अद्यावधिक नक्साअनुसार परिमार्जन गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७, १३:०७