काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ ।
कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको हो ।
साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७, १३:१२