काठमाडौं । सामुदायिक सूचना नेटवर्क सीआईएनमा कार्यरत पत्रकार गीता चिमोरियाले ‘राष्ट्रिय युवा पत्रकारिता पुरस्कार २०७६’ प्राप्त गर्नुभएको छ ।
सामुदायिक सूचना नेटवर्क सीआईएनमा कार्यरत पत्रकार गीता चिमोरियाले ‘राष्ट्रिय युवा पत्रकारिता पुरस्कार २०७६’ प्राप्त गर्नुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले हरेक बर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा पत्रकारिता पुरस्कार यस बर्ष सीआईएनकर्मी चिमोरियासहित ६ जनालाई प्रदान गरिने भएको हो । युवा पत्रकारिता पुरस्कार २०७६ का लागि छनौट भएका पत्रकारहरुको नामावली मंगलबार मन्त्रालयले प्रकाशन गरेको हो ।
चिमोरियासहित अन्नपूर्ण पोष्ट दैनिकका गंगा खड्का, हिमाल मिडियाका शुष्मा बराइली, उज्यालो पोष्ट दैनिकका खगेन्द्र अधिकारी, रेडियो नेपालका रत्ना कुमारी चौधरी र एसडिजी स्टुडियोका निरज न्यौपानेले पुरस्कार प्राप्त गर्नुभएको छ ।
मन्त्रालयको मिति २०७६÷०६÷०७ (प्रथमपटक) र मिति २०७६÷०६÷२८ मा (दोश्रोपटक) को युवा पत्रकारिता पुरस्कारका लागि आवेदन पेश गर्ने सूचना अनुरुप तोकिएको समयावधिभित्र दर्ता हुन आएका आवेदनहरूको ‘युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५’ अनुरुप गरिएको मूल्यांकनबाट पुरस्कृतहरूलाई छनौट गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले युवाको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई ५० हजार राशी सहितको पुरस्कार दिन लागेको हो । पुरस्कारको प्रमाणपत्र अवस्था सामान्य भएपछि वितरण गरिने पनि मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७, ०७:२१