हेलो सीआइएन मार्फत सीआईएनको आभीआर र टेलिफोनमा स्रोताले राखेको प्रश्न तथा समस्याहरुको समाधान गर्ने कार्य निक्कै प्रभावकारी हुदै गएको छ । यस मार्फत समाधान गरिएको १६ सय ५० भन्दा बढि समस्याहरुको दस्तावेजीकरण हेर्ने हो भने हामिले हाम्रो प्रभाव खोज्न कतै जानु पर्दैन ।
कोभिड उन्नाइस अर्थात् कोरोना भाईरसको संक्रमण तिव्ररुपमा बढ्दै जाँदा त्यसको मात्रै समाचार र सूचना दिएर रेडियोकर्मीलाई सुख छैन, सिमा अतिक्रमण देखी कथित उच्च जातलाई प्रेम गरेको आरोपमा पश्चिम रुकुममा मारिएका युवाको विषय जस्ता मानवअधिकार विरोधी सवालहरु पनि उठाइरहनु परेको छ ।
जनस्वास्थ्यका विषय निरन्तर दिने, विपत्को बेलामा साथ दिने कामका साथै राष्ट्र र राष्ट्रियताका सवाल अनि सामाजिक बिकृतिको अन्त्यका लागि गाउँगाउँमा खुलेका सामुदायिक रेडियोहरुले भूमिका खेलिरहेका छन् । सूचना, अभिव्यक्ति र विकासका लागि जुटेका सामुदायिक रेडियोहरु सकारात्मक सामाजिक रुपान्तरणको नाराका साथ सूचना र सञ्चारको महत्वपूर्ण माध्यम भएका छन् ।
नेपालका करिब ९५ प्रतिशत नागरिकको पहुँच पुगेका सामुदायिक रेडियोहरुले ७० भन्दा वढी भाषामा सूचना, सन्देश, जानकारी र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गरिहरेका छन्, विपद्को समयमा त झन् स्थानीय भाषा र लवजमा आवश्यक जानकारी दिने रेडियोको महत्व बढेको छ । देशभरि खुलेका ३ सय ६५ भन्दा बढि सामुदायिक रेडियोहरुको पक्षमा वकालत गर्न र उनीहरुको स्तरोन्नतीको साथै सबै रेडियोको पहुँच देशैभरि पु¥याउने उद्देश्यले सामुदायिक रेडियो प्रसारक संघले सञ्चालन गरेको सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले यो समयमा आफुलाई अझै अब्बल साबित गरेको छ ।
२०७२ सालको बिनासकारी भूकम्प, दुई वर्ष अघिको तराईको डुबानमा र अहिलेको कोरोनाले निम्त्याएको संकटमा सीआईएनले खेलेको भूमिकालाई विश्वसमुदायले प्रशंसा गरेको छ । यसले तल्लो तहका समस्याहरुलाई माथिल्लो नीति निर्माण तहसँग जोडेर धेरै समस्याको समाधान गर्ने काम गरेको छ र देश विदेशमा ख्याती विस्तार गरेको छ ।
२०६६ जेठ १५ देखि सञ्चालन गरिएको सीआईएन १२ औं वर्षमा प्रवेश गर्दा हामिले धेरै उपलब्धी हासिल गरेका छौं, सबै सामुदायिक रेडियोहरुको साझा पाठशालाको रुपमा यसलाई विकास गर्न सकिएको छ । नेपालकै सबैभन्दा ठूलो प्रसारण सञ्जाल मात्रै नभई एसियाकै उदाहरणीय रेडियो नेटवर्कको रुपमा आफुलाई स्थापित गर्न सीआईएन सफल भएको छ । सामुदायिक रेडियो प्रसारक संघ लोकतान्त्रिक मूल्य र मान्यताबाट निर्देशित भई समाजको सकारात्मक रुपान्तरणका साथै समतामुलक समृद्ध र सुरक्षित समाज निर्माणमा सीआईएन जुटिरहेको छ ।
अहिले जनतालाई स्थानीय तहसँग जोड्ने प्रभावकारी काम सीआईएनले गरेको भनेर नगरपालिका संघ र गाउपालीका महासंघले प्रशंसा गरिरहेका छन् । जनता, स्थानीय तह, प्रदेश र केन्द्रलाई जोड्ने काममा सीआईएन कार्यनीतिनै बनाएर अघि बढेको छ ।
सयौैँ रेडियो, हजारौँ रेडियोकर्मी र करोडौँ नेपालीको माझमा, यो हो सामुदायिक सूचना नेटवर्क (सीआईएन) यो स्लोगन हाम्रो पहिचान भैसकेको छ । साँच्चै सीआईएनमा १६ सय भन्दा बढि रेडियोकर्मीहरुले आफ्नो आवाज दिईरहेका छन् । हरेक सामुदायिक रेडियोका सबै रेडियोकर्मीले सीआईएनमा समाचार तथा रिपोर्ट पठाउने संवाददाताको रुपमा काम गर्न सक्ने नीति भएकाले सबैलाई समान अवसर प्रदान गरिएको छ र सबैको साझा हुन सफल भएको छ । ३५ सय भन्दा बढि स्वयम्सेवी सामुदायिक पत्रकारहरु प्रशिक्षित भैसकेका छन्, उनिहरुले आफ्नो गाँउ टोलमा भएका सवाल सीआईएन र नजिकको सामुदायिक रेडियोलाई दिनसक्छन् । बुहारी पत्रकार, किशोर किशोरी पत्रकार, सामुदायिक बाल पत्रकार यसका उदाहरण हुन् ।
नागरिकको सूचनाको अधिकारलाई प्रवद्र्धन, लोकतन्त्र, सामाजिक न्याय, मानवअधिकार तथा सामाजिक रूपान्तरण, विपतको समना, कृषि र आर्थिक समृद्धि अनि वातावरण र कला संस्कृतीको संरक्षणलाई सीआईएनले प्राथमिकता दिंदै आएको छ । सूचना अभावबाट उत्पन्न गरिबीलाई समेत यसले न्यूनीकरण गर्ने भूमिका खेल्दै आएको छ । स्वभावतः यो सञ्जाल अरू भन्दा भिन्न त्यही भएर मेचीदेखि महाकालीका नागरिकका बीचमा लोकप्रिय मात्रै होइन विश्वासिलो र दुःख सुखको साथीको रुपमा बलियो समाचार प्रसारण सञ्जाल बन्न सफल भएको छ ।
सबै वर्गको अधिकार सुनिश्चित हुने गरि संविधान निर्माणका गर्नको लागि पहिलो संविधानसभा र दोस्रो संविधानसभामा सीआईएनले पहरेदारको रुपमा काम गरेको थियो । शान्तिप्रकृया, स्थानीय तहको निर्वाचन, प्रतिनिधीसभाको निर्वाचन र हरेक राजनीतिक घटनाक्रममा सीआईएनले राम्रो भूमिका निर्वाह गर्न सक्यो ।
अहिले जनतालाई स्थानीय तहसँग जोड्ने प्रभावकारी काम सीआईएनले गरेको भनेर नगरपालिका संघ र गाउपालीका महासंघले प्रशंसा गरिरहेका छन् । जनता, स्थानीय तह, प्रदेश र केन्द्रलाई जोड्ने काममा सीआईएन कार्यनीतिनै बनाएर अघि बढेको छ ।
सांसदहरुलाई नागरिकसँग जिम्मेवार बनाउन सीआईएनले ४ वर्ष अघिदेखी सुरु गरेको हेल्लो सांसद कार्यक्रमले नीतिगत तहमा ठूलो प्रभाव पारेको छ । जागिर भन्दा सेवाको भावना बढि भएका साथिहरुको कारण हामिले धेरै सफलता हासिल गर्न सकेका छौ । यस्तै प्रयासको फलस्वरुप सीआईएनमा कार्यरत कर्मचारीहरुले धेरै राष्ट्रिय पुरस्कार प्राप्त गर्नु भएको छ । विगतका ४ वर्षमा मात्रै ९ वटा राष्ट्रिय पुरस्कार प्राप्त भएको छ ।
राजनीतिक विषयका साथै सीआईएनले धेरै सामाजिक बिकृती बिरुद्धको अभियानमा संयोजनकारी भूमिका निर्वाह गर्न सफल भयो । केही दिन अघि सीआईएनद्वारा गरिएको ‘बालबालिकासँग मन्त्री’ कार्यक्रमको तीनैवटा संस्करण होस् वा सातै प्रदेशका संसद र सभामुखलाई राखेर गरिएका छलफलले सीआईएनले जनता र नीतिनिर्मातालाई एकै थलोमा राखेर बहस चलाउँछ र मुद्धालाई टुङ्गोमा पु¥याएर छोड्छ भन्ने प्रष्ट पारेको छ । समुदायमा सीआईएन भन्ने अभियान अन्तरगत हामि समुदायमा पुगेर समुदायमा भएका धेरै समस्याहरुको समाधान गर्न सफल भएका छौं ।
सीआईएनले सामुदायिक रेडियोका रेडियोकर्मीहरुको क्षमता बृद्धिका लागि स्थापनाकालदेखी नै काम गरिरहेको छ । देशभरिका संवाददाताहरुलाई रेडियो रिपोर्ट निर्माण, प्रभावकारी समाचार लेखनका काम फोन, इमेल र सामाजिक सञ्जालमार्फत सिकाउने काम हुँदै आएको छ ।
सीआईएनको संयोजनमा देशभरिका रेडियोकर्मीहरुको सहभागितामा बाल विवाह बिरुद्धको अभियान अन्तरगर्त तीस हजार दुई सय पचाँस भन्दा बढि व्यक्तिहरुको प्रतिवद्धता र बिचारहरु संकलन गरियो । राष्ट्रपती, मन्त्रीहरु, प्रमुख दलका शीर्ष नेतादेखी आम समुदायका व्यक्तिहरुलाई प्रतिबद्ध गराउँदा यसले बाल विवाह बिरुद्धको अभियानमा ठूलो टेवा पुगेको छ । अभियान अन्र्तगत गतवर्ष जिल्ला जिल्लामा सरोकारवालाहरुलाई जम्मा गरेर प्रत्यक्ष प्रसारण गर्ने काम गरियो । वल्डभिजन इन्टरनेशनलसँगको सहकार्यमा कोरोनाको प्रभाव सामान्य भएपछि यो अभियानले फेरी निरन्तरता पाउनेछ । गएको चैत्रमा प्रदेश ५ मा प्लान इन्टरनेशनलसँगको सहकार्यमा सामाजिक बिकास मन्त्री लगायत सरोकारवालाहरुलाई एकैठाँउमा राखेर छलफल गरेर विषेश रणनीतिका साथ कार्यक्रम अघि बढाईएको छ ।
त्यस्तै दाइजो प्रथा, छाउपडि, बोक्सी आरोप, जातिय विभेद, कुमारी प्रथा, देउकी, झुमा, बहुविवाह लगाएतका कुरीति विरुद्धका रेडियो कार्यक्रम र सूचनामुलक सामग्री निर्माण गरेर प्रशारण गर्ने काम हुँदैछ ।
विशेषतः सुदुरपश्चिममा जरा गाडेर बसेको छाउपडिका कारण महिलाले खेप्नुपरेको सास्ती, भएका कानुन कार्यान्वयनलाई जोड दिएर रेडियो कार्यक्रम र जनचेतनामुलक सन्देशहरु प्रसारण गर्दै आएको छ ।
यसबीचमा हामीले कुरीति अन्त्यका लागि आवश्यक नयाँ कानुन र भएका कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा सांसद र संसदका विषयगत समितहरुसँग निरन्तर छलफल गर्दै आएका छौं । महिनावारी स्वच्छताका विषयमा सरोकारवालाहरुसँग छलफल गर्ने काम लगायत महिलासँग सम्बन्धीत सबै दिवस लगायत महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर बिषेश कार्यक्रमहरु गर्दै आएका छौं । त्यसैले त अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँगको हाम्रो साझेदारी बिस्तार हुँदै गएको छ ।
बितेका २ वर्षमा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा अक्टोबर ११ तारिक दिन १२ सय किशोरी रेडियोमा जोडिएर छलफल चलाउने जस्ता उदाहरणीय काम हामिले गर्न सफल भएका छौं ।
हेलो सीआइएन मार्फत सीआईएनको आभीआर र टेलिफोनमा स्रोताले राखेको प्रश्न तथा समस्याहरुको समाधान गर्ने कार्य निक्कै प्रभावकारी हुदै गएको छ । यस मार्फत समाधान गरिएको १६ सय ५० भन्दा बढि समस्याहरुको दस्तावेजीकरण हेर्ने हो भने हामिले हाम्रो प्रभाव खोज्न कतै जानु पर्दैन ।
बिगतका वर्षहरुमा पनि हामिले समाज सुधार गर्ने अभियान अन्तरगत जीवन साथी कति जाती, नब्बेपार सक्रिय लगातार, मनले देखेको संसार, सडकका कथा, पानी जिन्दगानी जस्ता प्रशिद्ध रेडियो श्रृंखला सीआईएनले गरेको थियो ।
सीआईएनले सामुदायिक रेडियोका रेडियोकर्मीहरुको क्षमता बृद्धिका लागि स्थापनाकालदेखी नै काम गरिरहेको छ । देशभरिका संवाददाताहरुलाई रेडियो रिपोर्ट निर्माण, प्रभावकारी समाचार लेखनका काम फोन, इमेल र सामाजिक सञ्जालमार्फत सिकाउने काम हुँदै आएको छ ।
सामुदायिक रेडियो प्रसारक संघले सञ्चालन गर्ने तालिमहरु बाट धेरै रेडियोकर्मी लाभान्वित भएका छन् । साथै सीआईएनका उत्पादकहरु जिल्ला जिल्लामा पुगेर शीप हस्तान्तरण कृयाकलाप पनि गरिहेका छन् । अहिले पनि २५ भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायहरुसँग सीआईएनले बिकास, मानवअधिकारको रक्षा, शुसासन र समाजिक रुपान्तरणमा साझेदारी गर्दै आएको छ ।
सहकार्य हुँदै आएका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था तथा सञ्चार माध्यमसँगको सहकार्य आगामी वर्षहरुमा पनि निरन्तर र अझ प्रगाढ हुँदै जानेछ भन्ने अपेक्षा गर्दछौं । सीआईनमा आवद्ध देशभरिका सामुदायिक रेडियोकर्मीहरु, अकोराब सीआईएनमा स्थापनाकालदेखी काम गर्नु हुने पूर्व सहकर्मी तथा पदाधिकारीहरु र अहिले कामगरिरहनु भएका सहकर्मी साथिहरुकै अतुलनिय योगदानकै कारण सीआईएन आज नेपाल मात्रै नभई दक्षिण एसियाकै सबै भन्दा ठुलो रेडियो नेटवर्क र विश्वकै मोडल सञ्चार माध्यमको रुपमा विकास भैरहेको छ ।
सीआईएनले तयार गरेको यो सफल यात्रामा, स्रोताहरुको स्नेह र साथ महत्वपूर्ण छ । हाम्रा कमी कमजोरी औंल्याईदिने शुभचिन्तकहरुको साथ महत्वपूर्ण छ । सीआईएन १२ औं वर्षमा प्रवेश गर्दाको सुखद क्षणमा ती सम्पूर्ण सहयोगि हातहरुलाई नमन गर्दै सीआईएनलाई माया गर्ने सबै स्रोता शुभचिन्तकहरु प्रति आभार प्रकट गर्दछौं ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७, ०६:४७