काठमाडौं , सामुदायिक सूचना नेटवर्क सीआईएनले प्रदान गर्दै आएको सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट ५ जना पत्रकार पुरस्कृत भएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराद्धारा सञ्चालित सीआईएनले आज आफ्नो ११ औ बार्षिक उत्सबको अवसरमा पुरस्कार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेहरुमा सीआईएनका बरिष्ठ सम्बाददाता राजन रुचाल, रेडियो शालिग्राम पर्वतकाका रोशन तिवारी, रेडियो बार्जु बाजुराका नन्दा थापा रहेका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराद्धारा सञ्चालित सीआईएनले आज आफ्नो ११ औ बार्षिक उत्सबको अवसरमा पुरस्कार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो ।
लामो समयदेखि सामुदायिक रेडियोमा काम गर्दै आउनुभएका रुचालको सामुदायिक रेडियोमा भएको योगदान र क्षमताको कदर गर्दै पुस्कार प्रदान गरिएको हो । यस्तै देशभरका सामुदायिक रेडियोकर्मीमध्ये पुरुष तर्फबाट तिवारी र महिला तर्फबाट थापा उत्कृष्ट हुनुभएको सीआईएनका प्रमुख दीपक आचार्यले जानकारी दिनुभयो ।
यस्तै सीआईएनले हरेक बर्ष प्रदान गर्दै आएको स्वयंसेवी सामुदायिक रेडियो पत्रकारिता पुरस्कार रौतहटको गुञ्जन एफएममा कार्यरत अनिता राउतलाइ प्रदान गरिने भएको छ ।
यस्तै यस बर्षबाट थपिएको दीगो शान्ति सामुदायिक रेडियो पत्रकारिता पुरस्कार रेडियो उन्नती भोजपुरमा कार्यरत कबिता खड्कालाइ प्रदान गर्ने घोषणा गरिएको छ । पुरस्कारको राशी १५ हजार रुपैंया रहेको छ भने सम्मानपत्र पनि दिइने छ ।
पुरस्कारको रकम पुरस्कृतहरुको बैंक खातामा हालेपनि प्रमाणपत्र भने कोरोना भाइरसको महामारी अन्त्य भइ सामान्य अवस्था आएपछि मात्रै प्रदान गरिने सीआईएन प्रमुख आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७, १६:५३