काठमाडौं । कोरोना सङ्क्रमितको संख्या १४ सय नाघेको छ । आज सबैभन्दा धेरै १ सय ८१ जनामा पुष्टि भएसँगै सङ्क्रमितको संख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले सङ्क्रमितको संख्या आज अहिलेसम्मै धेरै देखिएको बताउनुभयो ।
आज सबैभन्दा धेरै कपिलवस्तु १ सय ९, सर्लाही १७, दैलेखका १४, सिरहा ११, सप्तरीका ९, धनुषा ७, रौतहट ६ दाङ ५, महोत्तरी ४, पर्सा २, संखुवासभा २, झापा १ ललितपुर १ र बारा १ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमित मध्ये हालसम्म २ सय १९ जना निको भएर घर फर्किइसकेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७, १६:५८