डडेल्धुरा । डडेल्धुरामा क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ। क्वारेन्टाइनमा रहेका बेला साढे ६ वर्षीय बालकको राती मृत्यु भएको हो ।
गएराती राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ ।
आमाबाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार मात्रै डडेल्धुरा पुगेका थिए। बालकलाई राती नै डडेल्धुरा अस्पताल पु¥याएपनि अस्पताल पुग्नुभन्दा अगाडी नै मृत्यु भएको थियो । ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो।
अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। मृत्यु भएपछि अब आज कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गर्ने तयारी छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७, ०८:४६