काठमाडौं । कारोना संक्रमितको संख्या आज दिउँसोसम्ममा ८० भन्दा बढी थपिएको छ । प्रदेश २ सबैभन्दा धेरै ६०, कर्णालीमा १८ र अगण्डकीमा २ जना थपिएका छन । प्रदेश २ मा बिहान ६० जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु रौतहटका २९, धनुषाका २१, सर्लाहीका १० जना रहेका छन् । प्रदेश २ को सामाजीक विकास मन्त्रालयका अनुसार रौतहटका दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना रहेका छन् ।
त्यसैगरी धनुषाको मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका एक जना गरि २१ जना छन् । त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टाइनका ३ जना रहेका छन ।
योसँगै प्रदेश २ मा मात्रै कोरोना भाइरस संक्रमित हुनेको संख्या ६ सय १९ पुगेको छ भने एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कर्णाली प्रदेशको दैलेखमा १८ जना थपिएका छन ।
बाजुरामा क्वारेन्टाइनमा मृत्यु भएका बालकमा पनि कोरोना देखिएको छ । यसको पुष्टि सरकारले औपचारीक रुपमा गरेको छैन ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७, १३:५०