काठमाडौं ।
कोरोनाको कहरसँगै नागरिकका समस्या बढ्दै जान थालेका छन् । किसानले उत्पादन बेच्न पाएका छैनन् । श्रमिकले श्रम गर्न नपाउँदा खानाको जोहो गर्न पाएका छैनन् ।
ऋण खोजेर साना साना व्यवसाय गर्नेहरुलाई ऋणकै भारीले थिचिएलाकी भन्ने पिरलो छ । सबै नागरिकको आशा अहिले सीआईएनबाट प्रशारण भइरहेको कार्यक्रम जीवनरक्षा बन्न थालेको छ ।
लिफ्टिङ गर्दै आएको खानेपानी आयोजनाको मोटर बिग्रिएपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ का ४२ घरधुरीलाई समस्या प¥यो । त्यो समस्या स्थानीय भीम डाँगीले सीआईएनमा सुनाउनुभयो ।
हामीले तत्काल स्थानीय सरकारलाई फोन ग¥यौं । अहिले पानीको कुनै समस्या छैन । धेरै लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका चौरजहारी ११ का बासिन्दाको घरघरमा अहिले खानेपानी पुगेको छ ।
नगरप्रमुखको पहलमा खानेपानी आएपछि अहिले एकदम सहज भएको डाँगीले बताउनुभयो । डाँगीले भन्नुभयो, ‘सीआईएनको पहलमा हाम्रो प्रश्न सहि ठाउँमा र सहि व्यक्ति समक्ष पुग्दा यहाँका धेरै बासिन्दालाई खानेपानीको लागि सजिलो भएको छ ।’
चम्पादेवी गाउँपालिका ओखलढुंगाका कृषक युवराज बराल आफूले उत्पादन गरेका तरकारीले बजार नपाएपछि निकै चिन्तित हुनुहुन्थ्यो ।
लगडाउनमा आफ्नो बल बुताले भ्यायसम्म बजार खोज्नु भएकै हो । तर उपाय नलागेपछि सीआईएनको जीवनरक्षा कार्यक्रममा फोन गर्नुभयो ।
कार्यक्रमकै पहलमा गाउँपालिका अध्यक्ष नवराज केसीले उहाँको समस्या सुल्झाईदिनुभएको छ ।
चम्पादेवी गाउँपालिकामा लाखौंको खाद्यान्न तथा तरकारी खेर जाने अवस्थामा थियो । पहिला पालिका तथा वडा कतैबाट पनि चासो नदेखाएकाले कृषक बरालले सीआईएनमा गुनासो गर्नुभयो ।
तत्कालै सीआईएनले त्यहाँका गाउँपालिका अध्यक्षसँग कार्यक्रम मार्फत् प्रत्यक्ष कुराकानी गराएसँगै अहिले स्थानीय कृषकका ७ हजार केजी आलुु र अन्य तरकारी गाउँपालिका अध्यक्ष केसीले आफैले खरिद गरी स्थानीयलाई नै राहत स्वरुप बाडिदिनुभएको छ ।
बरालले भन्नुभयो, ‘कार्यक्रम सकिने बित्तिकै अध्यक्ष केसीले मलाई फोन गर्नुभयो । त्यसपछि घरमै बोलाएर मेरो अप्ठेरो बुझेपछि उहाँले आफ्नै पकेटबाट मेरो ४ हजार ९ सय केजी आलु ३७ रुपैंया केजीका दरले खरिद गरिदिनुभएको हो । यो पहलकदमीका लागि सीआईएनलाई म मनैैदेखि धन्यवाद दिन चाहान्छु ।’
सुर्खेतको भेरीगंगा नगरपालिका ९ का टेकेन्द्र ओरले गत फागुन महिनादेखि रोकिएको आंशिक भत्ता पाउनु भएको थिएन । उहाँले पनि कोरोनाको कहरमा जीवनरक्षा दिने त्यही कार्यक्रम रोज्नुभयो र आफ्नो गुनासो निर्धक्क सुनाउनुभयो ।
कार्यक्रममा बोलेको हप्तादिनमै उहाँले रोकिएको सामाजिक सुरक्षा भत्ता र अति विपन्न राहत प्याकेज पनि सजिलै पाउनुभयो । सीआईएनले तत्कालै पहल गरी समस्या सुल्झाइदिएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नगरप्रमुख र उपप्रमुख घरघरै आएरै भत्ता दिनुहोला भन्ने त मैले सोचेको पनि थिइनँ । अहिले स्थानीय सरकारको भर लागेको छ । आगामी दिनमा पनि यस्तै मध्यस्तकर्ताको भूमिकामा रही मर्कामा परेका नागरिकलाई मलम लगाउने माध्यम सीआईएन बनोस् भन्न चाहान्छु । ’
सामुदायिक सूचना नेटवर्क सीआईएनले कोरोनाको संक्रमणपछि सुरु भएको लकडाउनसँगै कार्यक्रम जीवन रक्षा सुरु गरेको थियो । सीआईएनले उत्पादन गरिरहेको कार्यक्रम जीवनरक्षामा सयुक्त राष्ट्रसंघीय कार्यक्रम(युएनडिपी)ले पनि सहकार्य गरिरहेको छ । चैत ११ पछि जेठ १२ सम्म १५ सयभन्दा बढी नागरिक कार्यक्रममा समस्यासहित जोडिएका छन् ।
सीआइएनले सुरु गरेको हेलो सीआईएनमा हरेक दिन झण्डै सय जना नागरिकका समस्या रेकर्ड भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७, १४:०८