सुरेशप्रसाद सायंजू, रेडियो जनसञ्चार, भक्तपुर
बागमती प्रदेशका एक हजार पत्रकारको कोरोना बीमा हुने भएको छ ।
बागमति प्रदेश सरकारले नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चार गृहहरुसँगको समन्वयमा कोरोना बीमा गर्न सुरु गरेको प्रेस रजिस्टार रेवति सापकोटाले जानकारी दिनुभयो ।
कोरना भाइरसको जोखिम बीच पनि समुदायको बीचमा पुगेर समाचार संकलन गर्दै आएका पत्रकारहरुको सुरक्षाको लागि यो बीमा गर्न लागेको उहाँले बताउनुभयो ।
गुणस्तरीय र प्रतिस्पर्धी सञ्चार क्षेत्रको विकासका लागि डिजिटल प्रविधिको पहुँच वृद्धि गर्न पत्रकारीता तालिमहरु आयोजनाको क्रममा रहेको समेत उहाँले जानकारी गराउनुभयो ।
यस आर्थिक वर्ष भित्र प्रदेशका १३ जिल्लामध्ये ६ जिल्लाका १२ पत्रकारलाई ल्यापटप, क्यामेरासहितको किट ब्याग उपलब्ध गराई पत्रकारिता क्षेत्रमा आकर्षित गर्ने योजना रहेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७, १२:१०