काठमाडौं । सबैतिरबाट विरोध भएपछि सरकारले कर बुझाउने म्याद थपेको छ ।
आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद थप गरेर असार ७ गतेसम्म पु¥याएको छ । अर्थ मन्त्रालयको निर्देशनमा विभागले समय थप गरेको हो ।
विभागले हिजो मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो ।
राजनीतिक दल, ब्यवसायीबाट आलोचना भएपछि विभागले आज बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७, १६:४५