काठमाडौं । आज २ सय १ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। आजसहित कारोना सङ्क्रमितको संख्या २३ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार २४ घण्टामा २ सय १ जनाको रिपोर्ट पोजिटिभ आएसँगै सङ्क्रमितको संख्या दुई हजार तीन सय पुगेको छ। हिजो मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो।
थप एक जनाको मृत्यु
कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका दोलखाका व्यक्तिका कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
२ सय ७८ निको
कोरोना जितेर घर फर्किनेको संख्या पनि थपिदै गएको छ । अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ। डिस्चार्ज हुने पुरुष २ सय २२ छन् भने ५६ महिला छन्। आज मात्रै १२ जना डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७, १६:५४