काठमाडौं ।
नेपालमा कोेरोना भाइरस (कोभिड १९) बाट अर्का एकजनाको मृत्यु भएको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका, सिलुवाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिएको हो ।
ती पुरुषको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार उनी ५ दिनअघि भारतबाट आएका थिए । क्वारेन्टाइनमा रहेका उनमा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा रहेका व्यक्तिको मृत्युपछि उनको स्वाब परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यसैबीच, पछिल्लो २४ घण्टामा आज थप ३ सय ३४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो ।
यससँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । जसमा पुरुष २ हजार ४ सय ५० र महिला एकसय ८४ जना र
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७, १६:५९