पोखरा । कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ । आज स्याङजाका एक जना पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङजा जिल्लाको वालिङ नगरपालिकाका ३ सिँगारकोषका ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा भर्ना भएका उनको हिजो मृत्यु भएको आज निर्देशनालयले प्रेश विज्ञप्ती प्रकाशित गरेर जानकारी दिएको छ ।
वालिङ नगरपालिकाका नगरप्रमुख दीलिप प्रताप खाँडका अनुसार मृत्यु भएका ति व्याक्ति भारतबाट जेठ २१ गते गाउँ फर्किएका थिए । सीमानाका सुनौलीमै उनी विरामी भएपछि उद्धार गरि पोखरा पठाईएको खाँडले बताउनुभयो ।
खाँडका अनुसार उहाँ मृगौला रोगबाट पीडित विरामी हुनुहुन्थ्यो । गण्डकी प्रदेशमा कोरोना बाट मृत्यु भएको यो पहलिो घटना हो । आज नै पोखरा महानगरपालिका ४२ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएका उनी अस्पतालको आईसुलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ११५ पुगेको छ । मुस्ताङ र मनाङ वाहेक प्रदेशका अरु ९ जिल्लामा संक्रमण फैलिसकेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७, ०८:३३