काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथि उठेका सवालको आज मन्त्रीहरुले जवाफ दिने भएका छन् । संसदको बैठक अहिले बसिरहेको छ । संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यतालिका छ ।
१५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल भइरहेको छ । १८ जेठबाट सांसदहरुले मन्त्रालयगत रुपमा बजेटबारे छलफल गरिरहेका छन् ।
लगातार तीन दिन विषयगत बजेटमाथि सांसदहरुले छलफल गरेका थिए । आज भने सांसदहरुले बजेटबारे उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिादैछन् । संसदको संभावित कार्यसूचीअनुसार, सबै मन्त्रीले सांसदहरुलाई जवाफ दिनेछन् ।
यसपछि विनियोजन विधेयकमा खर्च कटौती गरियोस् भनी २६ सांसदहरुले राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ । विपक्षी दलका सांसदहरुले राखेको प्रस्ताव निणयार्थ प्रस्तुत गरेपछि अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्नु हुनेछ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७, १२:०९