काठमाडौँ । नोबेल कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरमा आह्वान गरिएको लकडाउन अर्थात बन्दाबन्दीको आगामी स्वरूपको बारेमा छलफल गर्न मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।
दिउँसो २ बजे बस्ने बैठकमा बन्दाबन्दीको समयावधि एकमुस्ट रूपमा लम्ब्याउने वा परिस्थिति अनुसार स्वरूप परिवर्तन गर्ने भन्ने बारेमा छलफल र निर्णय गरिने एक मन्त्रीले जानकारी दिए ।
गत चैत ११ गतेदेखि नेपालभर बन्दाबन्दी घोषणा गरिएको छ । लामो समयदेखिको बन्दाबन्दीले नागरिकको जीविकोपार्जनमा समस्या भएपछि अब खुकुलो बनाउने नीति सरकारले लिएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा बुझाइसकेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७, ०९:२१