काठमाडौं । कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउनलाई सरकारले खुकुलो बनाउने भएको छ ।
प्रधानमन्त्री केपी ओलीले लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गर्न लागिएको संसदलाई जानकारी गराउनु भएको छ ।
लकडाउन सरलीकरण गर्दै शिक्षाक्षेत्रका असहजता न्यून पार्नेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने उहाँले जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानन्त्री ओलीले आजको संसद बैठकमा जुन कुरामा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उहाँले त्यसमा नबग्न सांसदलाई आग्रह गर्नुभयो ।
अहिले १० अर्बको हिसाब खोज्ने समय नभइ कोरोनाविरुद्ध केन्द्रित हुने बेला भएको बताउनुभयो । यदि कति कतै अनियमितता भएको भए छानबिन गर्ने र दोषी पाइए कारबाही गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अहिले काम गरिएकोलाई शंका गर्नु उपयुक्त नहुने पनि जिकिर गर्नुभयो । हिजो काँग्रेस सांसद गगन थापाले संसदबाटै सरकारले कोरोनाको नाममा आर्थिक अनियमितता गरेको आरोप लगाउनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७, १४:३७