काठमाडौँ । १७ वटा सामुुदायिक विद्यालय रहेको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा केही महिना दिवा खाजा कार्यक्रम सञ्चाल भए पनि हाल स्थगित भएको छ ।
सरकारले विद्यार्थीलाई लक्षित गरी दिवा खाजा कार्यक्रम सञ्चाल गर्न भने पनि कार्यक्रम सञ्चालन हुन सकेको छैन । गाउँपालिकाका अध्यक्ष शतिस कुमार सिंहले दिवा खाजा कार्यक्रम सञ्चालनका लागि सबै सामुदायिक विद्यालयमा खबर गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कार्यक्रम सञ्चालनमा विवाद देखिएका कारणले पनि समस्या भएको छ । विद्यालयमा आवश्यक्ता अनुसारका कर्मचारी छैनन् । जसले गर्दा कार्यक्रम सञ्चालन गर्न समस्या भइरहेको छ ।’
सामाजीक विकास मन्त्रालयका अनुसार ८ जिल्ला रहेको प्रदेश नम्बर २ मा १ सय ३६ वटा स्थानीय तह छन् । ४ हजार ५ सय ८ वटा सामुदायिक विद्यालय रहेको र त्यसमा झन्डै १० लाख बालबालिका अध्ययनरत छन् ।
सप्तरी मात्रै होइन धनुुषाको बटेश्वर गाउँपालिकामा पनि दिवा खाजा कार्यक्रम सञ्चालन हुन सकेको छैन । १६ वटा विद्यालय रहेको यस गाउँपालिकामा दिवा खाजा कार्यक्रमबारे जानकारी नै नहुँदा ढिलो भएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुुर राउतले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रमबारे अरुबाट थाहा हुँदा कार्यक्रम सञ्चालनमा ढिलाई भएको हो । तर, अबको केही समयभित्रै आफ्नो गाउँपालिका भित्र रहेका सबै विद्यालयमा कार्यक्रम सञ्चालन गरिसक्ने तयारी छ ।
अध्यक्ष राउतले कार्यक्रम सञ्चालनका लागि सबै विद्यालयका प्राधानाध्यापक र गाउँपालिकाका कर्मचारीसँग यस विषयमा छलफल भइसकेको जानकारी दिनुभयो ।
सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय निकायका विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरेको छ । तर, प्रदेश २ का अधिकांश स्थानीय तहले अझैं कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् ।
सामाजीक विकास मन्त्रालयका अनुसार ८ जिल्ला रहेको प्रदेश नम्बर २ मा १ सय ३६ वटा स्थानीय तह छन् । ४ हजार ५ सय ८ वटा सामुदायिक विद्यालय रहेको र त्यसमा झन्डै १० लाख बालबालिका अध्ययनरत छन् ।
ती विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि भन्दै सरकारले झन्डै डेढ अर्वभन्दा बढी रकम विनियोजन गरेको छ । तर, बारा जिल्लामा भने कुनै पनि स्थानीय तहले विवरण नपठाउँदा त्यहाँ रकम गएको छैन ।
विद्यालयमा बालबालिकालाई नियमित उपस्थित गराउन र उनीहरुको वृत्ति विकासमा सहयोग पुुग्ने उद्देश्यका साथ कार्यक्रम तय गरिए पनि त्यो सफल हुन नसक्दा प्रदेश २ का बालबालिका विद्यालय बाहिरै रहने एउटा कारण यो पनि देखिएको छ ।
नयाँ शैक्षिक सत्र सुरु हुन अब एक महिना मात्रै बाँकी रहँदा पनि कार्यक्रम सञ्चालन हुन सकेको छैन । सामाजिक विकास मन्त्रालय अन्तर्गतको शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका प्रमुख उमेशलाल कर्णका अनुसार तीनै तहको सरकारको तालमेल नमिल्दा र चाहिने कर्मचारीको पूर्ति नहुँदा कार्यक्रम सञ्चालनमा ढिलाई भएको हो ।
सरकारले यस कार्यक्रमका लागि बजेट सोझै स्थानीयत तहमा पठाएको र यसबारे धेरै स्थानीय तह अझैं जानकार नभएका कारणले पनि समस्या भएको उहाँको भनाई छ ।
केन्द्र सरकारले दिवा खाजा कार्यक्रमका लागि बजेट सोझै स्थानीय सरकारलाई पठाएको छ । चौमासिक रुपमा कार्यक्रमको प्रगतिबारे प्रतिवेदन बुुझाउनुुपर्ने व्यवस्था भए पनि केन्द्र सरकारले यस विषयमा अहिलेसम्म योजना बनाउन सकेको छैन ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका योजना तथा विकास शाखाका शाखा अधिकृत अर्जुन ढकालले चौमासिक रुपमा नै कार्यक्रमको प्रगतिबारे प्रतिवेदन बुझाउनु पर्ने भन्दै सरकारले अझैं यस विषयमा योजना नबनाउँदा ढिलो भएको बताउनुभयो ।
विद्यालयमा बालबालिकालाई नियमित उपस्थित गराउन र उनीहरुको वृत्ति विकासमा सहयोग पुुग्ने उद्देश्यका साथ कार्यक्रम तय गरिए पनि त्यो सफल हुन नसक्दा प्रदेश २ का बालबालिका विद्यालय बाहिरै रहने एउटा कारण यो पनि देखिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५, १४:०३