काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थाल्नु भएको छ । यो हप्ता मन्त्रिपरिषद पुर्नगठन गर्नेगरि तयारी भइरहेको उहाँको सचिवालयले जनाएको छ । खाली रहेका पर्यटन मन्त्रालयसहित कम्तिमा चार मन्त्री नयाँ ल्याउनेगरि छलफल भइरहेको निजी सचिवालयका एक सदस्यले जानकारी दिनुभयो । पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । पर्यटन मन्त्रालय वाहेक
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, खानेपानीमन्त्री विना मगर, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनाल मध्येबाट फेरबदल हुने तयारी छ ।
अर्थमन्त्री डा युवराज खतिवडालाई पदमुक्त गर्न नेकपाभित्र चर्को दबाब बढेको छ । स्रोतका अनुसार रिक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा योगेश भट्टराईलाई लैजानेबारे छलफल भइरहेको छ । अहिले भइरहेका मन्त्रीहरुको पनि मन्त्रालय फर्ने विषयमा पनि छलफल भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५, ०७:२१