देशभर फौजी किराले किसानलाई दुःख दिइरहेको छ । करोडौंको बाली नोक्सानी गरिरहेको किरालाई नियन्त्रण गर्न किसानले सकेका छैनन् ।
लकडाउन छ, धेरै ठाउँमा त किसानले विषादी लिन जान पनि पाएका छैनन् ।
‘आँखै अगाडी किराले मकै सखाप पारिसके, नियन्त्रणको उपाय छैन र जानिएको छैन’–धेरै किसानको गुनासो छ ।
कृषि मन्त्रालयका अधिकारीहरूले अमेरिकी फौजी किराले पु¥याउने क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको दाबी गर्दा गर्दै बारीको मकै सकिंदैछ ।
मकैबालीमै भर पर्नुपर्ने पहाडी भेगका किसानहरू अनिकाल सामाना गर्नुपर्ने पीरमा छन् ।
यो बेला किसानले के के गर्न सक्छन् ? साथी गीता चिमोरियाले नेपाल कृषि अनुसन्धान परिषद् अन्तरगतको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रममा किट विज्ञको रुपमा कार्यरत घनश्याम भण्डारीसँग गर्नुभएको कुराकानीको सम्पादित अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७, ०७:५२