जीवनमा खुसी हुने रहर कसलाई हुदैन र ? तपाईँ, हामी सबैलाई खुसी हुन मन लाग्छ । तर खुसी हुने भन्दैमा त्यसै खुसी हुन पनि त सकिँदैन । त्यसका लागि केही न केही खुसी हुने कारण त पक्कै चाहिन्छ ।
विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) ले विश्वभरका मानिसलाई यतिबेला तनावको स्थिति सिर्जना गरिदिएको छ । मानिसको मानसिक स्थितिमा कोभिडले नराम्रो असर पारिरहेको छ ।
मानिस तब मात्र खुसी हुन सक्छ, ऊ जब स्वतन्त्र हुन सक्छ तर यतिबेला त्यो वातावरण छैन । नेपालको कुरा गर्ने हो भने हामी घरभित्रै थुनिएको पनि ८२ दिन पुग्यो । यतिका दिन हामी आफ्नै घरभित्र आफ्ना खुसीहरू थाँती राखेर थुनिएका छौँ ।
हो यतिबेला अरुलाई थाहा छैन, मलाई एउटा कुराको अनुभूति भने मज्जाले भएको छ स्वतन्त्रता भनेको के हो ? जीवनमा स्वतन्त्र भएर हिड्न, घुम्न पाउने खुसीको अर्थ बल्ल थाहा हुँदैछ ।
एउटा संयोगको कुरा त केछ भने यतिबेला चिनबाट सुरु भएको कोभिड १९ ले विश्व नै आक्रान्त भइरहेका बेला चिनिया कम्पनीले नै बनाएको टिककट एपले भने विश्वभरका मानिसबीच नै मनोरञ्जनको माध्यम बनिदिएको छ ।
सायद म जस्ता धेरैलाई यो अनुभूति भइरहेको होला । मानिस घरभित्रै पनि खुसी हुन सक्छ तर त्यसका लागि पनि त केही न केही नयाँ हुनुपर्छ । दैनिक रूपमा एउटै घरभित्र कुनै माध्यमबिना खुसी हुन सक्नु हामी जस्ता युवापुस्ताका लागि त झनै अत्यास लाग्दो कुरा हो ।
जब विश्व नै कोभिड १९ ले आक्रान्त पारिदियो, नेपाल पनि त्यसकै चपेटामा पर्यो । अनि सुरु भो लकडाउन अर्थात बन्दाबन्दी । चैत्र ११ देखि सुरु भएको लकडाउन अहिले केही खुकुलो भए पनि अहिलेसम्म नै जारी छ ।
धन्य प्रविधिको विकाससँगै विभिन्न खालका सामाजिक सञ्जालको विकास भएको छ र त अहिले घरभित्र थुनिएका हामीजस्तालाई अलिकती भए पनि समय काट्न सजिलो बनाइदिएको छ ।
पछिल्लो समय फेसबुक, ट्विटर, इन्सटागा्रम, यूट्यूव तथा टिकटकले मानिसलाई समय कटाउन सजिलो बनाइदिएका छन् । यस्ता सामाजिक सञ्जालले मानिसलाई आपसमा सम्पर्क बढाउन, आफ्ना भावनाहरू साट्न तथा मनोरञ्जनका लागि सजिलो बनाइदिएका छन् ।
अब कुरा गरौँ लकडाउनमा टिकटक । पछिल्लो समय युवा पुस्तामा निकै चर्चित रहेको एउटा सामाजिक सञ्जाल हो टिकटक । यस एपमा मानिसहरू भिडियो, फोटो तथा सङ्गीतको मजा लिन सक्छन् । यस एपमा आफ्नै तथा अरुको आवाजमा भिडियो बनाउन सकिन्छ ।
भनिन्छ हरेक चिजमा राम्रो र नराम्रो दुवै पक्ष हुन्छन् यस एपमा पनि नराम्रा पक्ष थुप्रै भए पनि घर भित्रै थुनिएका कैयौँका लागि भने समय बिताउने गतिलो माध्यम बनिदिएको छ ।
एउटा संयोगको कुरा त केछ भने यतिबेला चिनबाट सुरु भएको कोभिड १९ ले विश्व नै आक्रान्त भइरहेका बेला चिनिया कम्पनीले नै बनाएको टिककट एपले भने विश्वभरका मानिसबीच नै मनोरञ्जनको माध्यम बनिदिएको छ ।
‘बाइट डान्स’ नामक एक चिनिया कम्पनीले निर्माण गरेको यस एप यतिबेला नेपालीहरू माझ पनि निकै चर्चित बन्न पुगेको छ । युवापुस्ताले निकै नै रुचाएको यो एप अहिले लकडाउनका बेला भने सबै पुस्तामाझ लोकप्रिय बन्दै गएको छ ।
यस एपमार्फत कतिले आफ्ना कला प्रस्तुत गर्ने, कतिले आफूले जानेका, बुझेका ज्ञान बाँड्ने तथा कतिले हेरेर आनन्द लिने गरेका छन् ।
टिकटक एपमा भिडियो फोटो सेयर गर्दा केटाकेटी बनिन्छ भन्नेहरू अहिले आफ्नो पेसागत हिसाबले पनि जोडिन थालेका छन् । जस्तै डाक्टरले आफूले जानेका कुरा एकअर्कामा बाँड्ने, कलाकारले कला प्रस्तुत गर्नेलगायतका काम अचेल टिकटकमा हुन थालेका छन् ।
पढ्ने लेख्ने, खेल्ने तथा अन्य माध्यम पनि त छन् नि । हो अन्य माध्यम हुँदाहुदै पनि टिकटक पनि एउटा सजिलो माध्यम हो भन्न खोजेको मात्र हो ।
हुन त टिकटकको प्रयोगसँगेै दुरुपयोग भएको भन्दै संसारका केही देशले यस एपमा प्रतिबन्धसमेत लगाएका छन् ।
भनिन्छ हरेक चिजमा राम्रो र नराम्रो दुवै पक्ष हुन्छन् यस एपमा पनि नराम्रा पक्ष थुप्रै भए पनि घर भित्रै थुनिएका कैयौँका लागि भने समय बिताउने गतिलो माध्यम बनिदिएको छ ।
यस एपमा तपाईँ १ देखि १५ सेकेन्डसम्मको भिडियो बनाउन सक्नुहुन्छ । टिकटक बनाउन १५ सेकेन्ड मात्रै लाग्ने भए पनि त्यसको तयारीका लागि घण्टौँ खर्चिनुपर्ने हुन्छ ।
जुन अहिले फुर्सदको समयमा भुल्ने गतिलो उपाय हो भन्दा फरक नपर्ला । मैले यहाँनिर टिकटकको बारेमा भनिरहदा कतिलाई लाग्दो हो फुर्सदमा के टिकटक मात्रै बनाउने ?
पढ्ने लेख्ने, खेल्ने तथा अन्य माध्यम पनि त छन् नि । हो अन्य माध्यम हुँदाहुदै पनि टिकटक पनि एउटा सजिलो माध्यम हो भन्न खोजेको मात्र हो ।
भनिन्छ नि कुनै पनि कुराको उपयोग या दुरुपयोग त्यो त तपाईँको हातमा हुन्छ । त्यसैले सदुपयोग गर्न सिक्नुस राम्रै हुन्छ । समय खुसीले बिताउनुहोस् ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७, १२:४९