काठमाडौँ । सङ्घीय संसदबट लिम्पियाधुरासहितको नयाँ निशानछाप बनाउन गरिएको संविधान संसोधन प्रस्ताव आज पारित हुँदैछ ।
संविधान संसोधनको प्रस्ताव गरेपछि यो प्रस्ताव परिपक्व हुनका लागि आवश्यक पर्ने ७२ घण्टाको समयावधि हिजो पूरा भएपछि आज छलफल गरी पारित हुन लागेको हो । प्रतिनिधिसभाको बैठक अहिले बसीरहेको छ ।
संविधान संसोधन विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्ने र दफाबार छलफल पछि पारित गर्ने कार्यसूची छ ।
संविधान संसोधन प्रस्ताव आजै पारित गर्नेगरी तयारी भइरहेको सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७, १३:४३