नेपालको संबिधान दोस्रो संसोधन बिधेययक २०७७ संसदबाट आज सर्बसम्मतिले पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरा सहितको नयाँ निशान छाप बनाउन गरिएको संविधान संसोधन प्रस्तावलाइ सर्बसम्मतले पारित गरेको हो ।
यससंगै सरकारले जारी गरेको नयाँ नक्सा पनि पतिनिधिसभाबाट सर्वसम्मतले अनुमोदन भएको छ । प्रतिनिधिसभामा आज २ सय ५८ जना सदस्य उपस्थित भएका थिए । सबैले बिधेययकको पक्षमा मतदान गरेको सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो । यो प्रतिनिधिसभाको कुल संख्या २ सय ७५ को दुई तिहाइ भन्दा बढी मत हो । संविधान संशोधनको विपक्षमा भने शून्य मत परेको छ ।
सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो । यसअघि संसद बैठकलाइ सम्बोधन गर्दै नेताहरुले आजको दिन ऐतिहासिक भएको बताएका थिए ।
यसअघि आजै संविधान संशोधन विधेयकमा जनता समाजवादी पार्टीका सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव संसदले अस्वीकृत गरेको थियो । बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठ्नुभएको थियो । तर सभामुख अग्नि सापकोटाले उहाँको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७, १८:१३