काठमाडौं । कैलालीमा क्वारेन्टाइनमा नै एक महिलामाथि बलात्कार गर्ने तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा क्वारेन्टाइन र त्यहाँ रहेका महिलाको सुरक्षा, सहजिकरणमा खटिएकाहरु रहेका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका हुन् ।
जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी महिलाले शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीनजनाले आफ्नो बलात्कार गरेको जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पीडित महिला लम्कीचुहा नगरपालिकाकि ३१ वर्षीया हुन् । तीनैजनालाई आरोपितलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको हो ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७, ०७:०४