एजेन्सी । भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको छ । दुई देशका सेनाबीच सङ्घर्ष भएको भारत र चीन सरकारले पुष्टि गरेका छन् ।
भिडन्तमा भारत सेनाका तीनजनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार भारत चीन, सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको छ।
केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको थियो । भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।
चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। चीनले भारतलाई सीमा नाघेर चिनियाँ सैनिकमाथि हमला गरेको आरोप लगाएको छ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७, १४:५०