जनार्जन खत्री, रेडियो एकता सर्लाही
सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा तीन महिनादेखि जारी तालाबन्दी अझै खुल्न सकेको छैन् । विवाद समाधानगरी तालाबन्दी खुलाउन पहल गर्नुको साटो जनप्रतिनिधी नै आरोप–प्रत्यारोपमा उत्रिएका छन । स्थानिय तहका जनप्रतिनिधीको विवादले सेवाग्राही भने समस्यामा परेका छन् । वृद्धवृद्धा, अपाङ्ग, एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैन। शिक्षकले तलब खान पाएका छैन भने विकास निर्माणका योजना पनि ठप्प छन्।
मेयर अभय कुमार सिंहले एकलौटी ढंगले निर्णय गरेको, भष्टाचार गरेको आरोप लगाउदै उपमेयर र वडाध्यक्षहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । गत पुस ४ गतेदेखि बन्द रहेको नगरपालिका नखुल्दा सेवाग्राही भने समस्यामा गरेका छन् । तालाबन्दीले बलरा नगरपालिका भित्र विकासका काम ठप्प छ ।
पटक–पटक छलफलको पहल गरेपनि मेयर सिंह नआएकाले विवाद समाधान नभएको जिल्ला समन्वय समितिका सभापति तथा प्रमुख जिल्ला अधिकारीको भनाइ छ । तर मेयर सिंह भने आफु नै स्थानिय सरकारको मुख्य मान्छे भएकाले छलफल गर्न अरु ठाउँमा नजाने अडानमा हुनुहुन्छ ।
नगरबाट विभिन्न निकायमा पठाउनुपर्ने सिफारिस तथा तथ्याङ्क जान सकेको छैन् । वृद्धबृद्धा, अपांग र एकल महिलाले सामाजिक सुरक्षा भत्ता र शिक्षकहरुले तलब पाउन सकेका छैनन् । नगरको यो अवस्था हुँदा पनि तालाबन्दी खुलाउन पहल गर्नुको साटो मेयर एकातिर, उमेयर र वडाध्यक्षहरु अर्कातिर विभाजित भएर विवादमा उत्रिएका छन् । उमेयर रामसखी देवी मेयरका कारण स्थानिय सरकार नै बन्धक परेको बताउनु हुन्छ । तर नगरप्रमुख सिंहले झुठा मुद्धा लगाएर आफुलाई बदनाम गराउन उमेयर र केही वडाध्यक्ष लागि परेको दावी गर्नु भएको छ ।
पटक–पटक छलफलको पहल गरेपनि मेयर सिंह नआएकाले विवाद समाधान नभएको जिल्ला समन्वय समितिका सभापति तथा प्रमुख जिल्ला अधिकारीको भनाइ छ । तर मेयर सिंह भने आफु नै स्थानिय सरकारको मुख्य मान्छे भएकाले छलफल गर्न अरु ठाउँमा नजाने अडानमा हुनुहुन्छ ।
भारतसँग सीमा जोडिएको बलरा नगरपालिका सुरक्षाको दृष्टीले सर्लाहीको अति संवेदनशील क्षेत्र मानिन्छ । नगरपालिकामा बढ्दो विवादले विकासको आसमा बसेका नागरिक निराश भएका छन् ।
बलरा नगरपालिकामा राजपा नेपालको तर्फबाट अभय कुमार सिंह हुनुहुन्छ । उपमेयर पनि राजपाकै उपमेयरमा रामसखी देवी हुनुहुन्छ । उपप्रमुख रामसखी देवीलगायत वडाध्यक्षहरुले पत्रकार सम्मेलन गरी नगरप्रमुखको कार्यशैलीप्रति आपत्ती जनाएका थिए । उपप्रमुख र वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएका अधिकार प्रयोगगरी काम गर्न नदिएको उनीहरुको आरोप छ। मतगणनाका क्रममा पनि नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि केही दिन रोकिएको थियो ।
नेपालको प्रदेश न। २ स्थित सर्लाही जिल्लाको दक्षिणीपश्चिमी भागमा बलरा नगरपालिका अवस्थित छ। बलरालाई सर्लाहीको दोस्रो द्वार पनि भनिन्छ। यहा भन्दा दक्षिण भारत को सिमा प्रारम्भ हुन्छ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५, ११:३०