नेपाल पत्रकार महासंघले कुनैपनि बहानामा श्रमजीवी पत्रकारको हक हित विपरित काम गर्ने सञ्चार गृहविरुद्ध आन्दोलन गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघले कुनैपनि बहानामा श्रमजीवी पत्रकारको हक हित विपरित काम गर्ने सञ्चार गृहविरुद्ध आन्दोलन गर्ने भएको छ ।
हिजो बसेको महासंघको केन्द्रीय समितिको बैठकले विभिन्न सञ्चार गृहहरुले कोभिड–१९को कारण देखाउँदै श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्काश गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजिनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेका विरुद्ध महासंघ सशक्त आन्दोलनमा जाने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
महासंघले एक सातासम्म सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकारविरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालनागर्न र सोको जानकारी महासंघलाई गराउन आग्रह गर्दै एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासंघ चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने महासचिव विष्टले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन सबै प्रदेश समिति, जिल्ला तथा प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थालाई आग्रह पनि गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७, १३:०९