काठमाडौं । हिमाली जिल्ला मनाङमा पनि कोरोना सङ्क्रमित भेटिएका छन । स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
मनाङको चामेस्थित कुनै एक सरकारी कार्यालयका कर्मचारी रहेका उनी हालैमात्र घर गएर मनाङ फर्किएको बुझिएको छ ।
गएराती गण्डकी प्रदेशमा ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशमा ४१ जना पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ । प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७, ०७:१४