पर्वत । गण्डकी प्रदेशमा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान ५ ः ४५ बजे प्रेश विज्ञप्ती प्रकाशित गरी ४ जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार बागलुङमा ९ जना, म्याग्दीमा ४ जना, पर्वतमा २ जना र तनहुँमा १ जनामा संक्रमण पुष्टि भएको हो ।
शर्माका अनुसार बागलुङको गल्कोट नगरपालिकाका २२, २६, २२ र २१ वर्षका पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ वर्षका पुरुष, बागलुङ नगरपालिकाका २९ वर्षिय एक पुरुष र ढोरपाटन नगरपालिकाका ४८ वर्षिय पुरुष संक्रमित भएका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिकाका ९ वर्षीय बालिका, ३० वर्षीय एक महिला र ३३ वर्षीय एक पुरुष , मंगला गाउँपालिकाका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
पर्वतको कुश्मा नगरपालिकाका ३२ र २७ वर्षका पुरुष र तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । हिजो साँझ थप ५० जनामा पनि गण्डकी प्रदेशका नागरिकमा संक्रमण भएको जानकारी दिईएको थियो ।
बागलुङमा २९ जना, नवलपरासी सुस्ता पूर्वमा १८ जना, तनहुँमा २ जना र मुस्ताङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।
गण्डकी प्रदेशमा मुस्ताङ जिल्लामा अहिलेसम्म कोरोना संक्रमण देखिएको थिएन । निर्देशनालयका अनुसार घरपझोङ गाउँपालिकाका स्थित तिव्वतियन क्याप्पमा रहेका ८३ वर्षका एक पूरुष संक्रमित भएका हुन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या ५०४ पुगेको छ । कोरोना मुक्त हुनेको संख्या ४९ पुगेको छ भने हालसम्म एकजनाको मात्र मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७, ०६:२७