काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तमा ५६ चिनियाँ सैनिक मारिएको खुलासा भएको खबर लेखेका छन् ।
मारिएकोहरुको नामावली र चीनको सेनाले सैनिक लिष्टबाट हटाएको नामावली भन्दै सार्वजनिक भइरहेको छ । चीनले भने आधिकारीक केही बालेको छैन । तर कयौ सञ्चार माध्यमले त्यो गलत सूची रहेको भन्दै खबर पनि लेखेका छन् ।
भारत तर्फ २० सैनिकको मृत्यु भएको थियो । भारतको थप ७६ जना सैनिक घाइते भएका थिए। चीनका सैनिकले १० जना भारतीय सैनिकलाई बन्धक बनाएका थिए भने भारतीय सैनिकले चीनका एक जना कर्नललाई बन्धक बनाएका थिए ।
बन्धक बनाइएका दुईटै देशका सैनिकहरु रिहा भएका छन् ।
चीनतर्फ भएको क्षतिबारे पहिलो पटक औपचारिक प्रतिक्रिया दिँदै भारतको केन्द्रीय मन्त्री एवं पूर्व सेनाध्यक्ष जनरल भिके सिंहले ४० जना चिनियाँ सैनिक मारिएको दाबी गर्नु भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७, १६:०७