समय–समयमा राजनीतिक पात्रहरूको बारेमा चल्ने चर्चाहरूको शिलशिलामा २०३८ सालको तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा मकवानपुरबाट रुपचन्द्र बिष्ट निर्वाचित भएपछि उनको बारेमा राजनीतिक वृतमा व्यापक चर्चा हुन थालेका थियो राष्ट्रव्यापी रूपमा ।
यद्यपी उनी त्यसभन्दा अघि २०१५ सालको संसदको निर्वाचनमा कम्युनिष्टको रूपमा उम्मेदवारी दिइ चुनाव लडेको तथा तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा स्नातकतर्फबाट खडा भइ पराजित भए पश्चात स्थानिय तह, तत्कालीन गाउँपञ्चायतको प्रधानपञ्चमा निर्वाचित भइ एक फरक सोँचको जनमुखी जनप्रतिनिधिको परिचय बनाइसकेका थिए ।
राष्ट्रिय पञ्चायतममै पञ्चायत व्यवस्थाको विरूद्ध मन्तव्य राख्ने निडर, तर्कशील फरक सोँचका जनप्रतिनिधि एवं योद्धा थिए रुपचन्द्र बिष्ट ।
देश सामन्तवादी सामाजिक संरचनाको चक्रव्यूहमा रहेको अवस्थामा पनि शासन व्यवस्था, शासक, देश तथा जनताको वास्तविक अवस्थाका सचित्र व्याख्या, विष्लेषण गर्न र विद्वान विधायक थिए रुपचन्द्र बिष्ट ।
समाजको अवस्थाले देशको अवस्थालाई इङ्गित गर्छ, जनताको चेतना अवस्था समग्रमा शैक्षिक, आर्थिक, सामाजिक अवस्थाले समाजलाई इङ्गित गर्छ । जहाँ समाज सजग छ त्यहाँ देश सभ्य छ, जहाँ देश सभ्य हुन्छ, जहाँ समाज शिक्षित र जागरुक हुन्छ देश समृद्ध र सभ्य हन्छ ।
२०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावमा पुनः विजयी भएपछि बहुदलीय प्रजातान्त्रिक व्यवस्था निर्दलीय पञ्चायतको विकल्प हो भन्दै मन्तब्य राखेर चर्चित बनेका रुपचन्द्र तत्कालीन साप्ताहिक विमर्शमा दिएको एक अन्तर्वार्ताका कारण निलम्वनमा समेत परेका थिए ।
आफूकहाँ भएका स्रोतसाधन, क्षमताको महत्व बुझाउन अथवा ‘थाहा’ हुन जरुरी छ । यसको लागि मान्छेभित्र सुतेको मान्छेको चेतनालाई उठाउनु जरुरी छ । जबसम्म मान्छेभित्रको सुतेको चेतना उठदैन, तबसम्म न समाज माथि उठछ, न देश माथि उठ्छ ।
यसकारण जबसम्म सबैलाई आफूभित्रको आफू आफैलाई ‘थाहा’ हुँदैन तबसम्म यहाँ केही हुनेवाला छैन भन्ने सचेत भावले प्रेरित रुपचन्द्र बिष्ट निष्पक्ष सक्रियताको अभ्यास ‘थाहा’ आन्दोलनबाट परिवर्तनको बिगुल फुक्दै नेपालको राजनीतिक आकासमा एक फरक अभियन्ताको रूपमा उदाएका थिए ।
आधारभूत आवश्यकताको अभाव, भएको स्रोतको पनि असमान वितरण, चरम गरिबी, अशिक्षा, चेतनाको चरम अभावले मानिस हिँडदाहिँडदै सुतेको हन्छ, बोल्दाबोल्दै आवाजविहीन हुन्छ, खाँदाखाँदै पनि भोकै हन्छ, सुत्दासुत्दै पनि उठेको हुन्छ । यस खालका विसङ्गतपूर्ण सामाजिक संरचनाको बिघटन मान्छेभित्रको म र मभित्रको चेतनाको ब्यूँमmाइबाट मात्र सम्भव हुन्छ भन्ने दर्शनबाट अभिप्रेरित थियो ‘ थाहा’ आन्दोलन ।
रुपचन्द्रको जीवनका अनगिन्ती फड्काहरूको साथ उनमा पलाएको यो आन्दोलनको विधिको स्वरुप समकालीन समयमा एक महान छलाङ्ग थियो । आम जनतालाई जीवन बुमmाउने, चेतना जगाउने, अन्याय, अत्याचारको शासकीय जन्जिरलाई तोड्न चेतनाले मद्दत पुर्याउँछ, त्यो चेतना मान्छे आफैँभित्र रहेको ‘म’ लाई थाहा पाएपछि जागृत हुन्छ भन्ने दार्शनिक विचार हो, ‘थाहा’ आन्दोलन ।
त्यसपछिका चुनावमा निरन्तर पराजित भएका ‘रुदाने’ लाई जीवनसँग होइन त्यसपछिका राजनीतिमा मौलाएको विकृत संस्कृति, संस्कारले निकै उद्देलित बनाएर सम्भवतः आफू जीवित रहनुको अर्थ नरहेको निष्कर्षमा पुर्याएको थियो शायद ।
२०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावमा पुनः विजयी भएपछि बहुदलीय प्रजातान्त्रिक व्यवस्था निर्दलीय पञ्चायतको विकल्प हो भन्दै मन्तब्य राखेर चर्चित बनेका रुपचन्द्र तत्कालीन साप्ताहिक विमर्शमा दिएको एक अन्तर्वार्ताका कारण निलम्वनमा समेत परेका थिए ।
निष्ठाको राजनीति गर्ने रुपचन्द्र बिष्टले कहिल्यैे पनि जनताको विश्वासलाई मर्न दिएनन् । सम्पन्न परिवारमा जन्मेका, पढेलेखेका, अध्ययनशील, अनुसन्धानशील र फरक चेत अथवा सोँचले ओतप्रोत भएका उनको बामपन्थी राजनीतिक पृष्ठभूमि निकै चाखलाग्दो छ । सुतेका मनलाई उठाउने, जगाउने अद्भूतकला भएका रुपचन्द्र तर्क र विष्लेषणका खानी थिए ।
सरल तरिकाले जनतालाई तत् समयका राजनीतिक विसङ्गतिहरूको व्याख्या गर्दै सामाजिक, आर्थिक र राजनीतिक चेतना दिन सफल उनी मकवानपुरका निकै जनप्रिय प्रतिनिधि थिए । उनी आर्थिक क्षेत्रको पनि राम्रा जानकार थिए र आत्मनिर्भर अर्थतन्त्रको विकासको आफ्नै सिद्धान्त थियो उनको ।
व्यक्तिगत ऐसआराम भन्दा शारीरिक श्रममा जोड दिने उनी साँच्चिकै कम्युनिष्ट विचारका सही पालनकर्ता थिए र जीवनपर्यन्त पालना गरीरहे ।
आजको पुस्ताले देखेको कम्युनिष्टहरूको शैली हेर्दा उनी किंवदन्तीका पात्र जस्ता लाग्न सक्लान् तर उनीसित सहकार्य गरेका अनेक पात्र तथा व्यक्तित्वहरू अहिले कम्युनिष्ट आन्दोलनले शिखरमा पुर्याएर देश हाँकिरहेका छन् ।
मान्छेभित्रको मान्छे जगाउने एक पृथक अभियान ‘थाहा’ को दार्शनिक पक्षबाट यसको अध्ययन, अनुसन्धान, विश्लेषण गरी सामाजिक, आर्थिक, राजनीतिक पाटोको मौलिक चिन्तनको आवश्यक्ता रहेको बर्तमान परिपे्रक्षमा यस आन्दोलनको र ‘रुदाने’ को सान्दर्भिक्ता झन बढेको छ ।
२०४६ सालमा बहुदलीय प्रजातन्त्रको बहाली हुनमा उनले जनता जगाउन त्यसबेला खेलेको भूमिका तथा योगदान कम छैन र यस पश्चात पनि उनको लोकप्रियतामा पनि कमि थिएन तर विसङ्गतिको मतियार बन्न तत्पर बामपन्थीको बिल्ला भिरेर लोकप्रियताको शिखर चुम्दै शासक बन्न लालयित इरहेको जमातले जनमुखी, समाजसेवी, जनताको लागि राजनीति गरेका, विचार र सिद्धान्तलाई व्यवहारमा लागु गरी स्थापित भएका सच्चा कम्युनिष्ट रुपचन्द्र बिष्टको लोकप्रियतालाई बदनाम गर्ने, अनर्गल प्रचारबाजीसहितको आरोपले उनको जीवनको ऊर्जालाई निकै क्षति पुर्याएको थियो ।
त्यसपछिका चुनावमा निरन्तर पराजित भएका ‘रुदाने’ लाई जीवनसँग होइन त्यसपछिका राजनीतिमा मौलाएको विकृत संस्कृति, संस्कारले निकै उद्देलित बनाएर सम्भवतः आफू जीवित रहनुको अर्थ नरहेको निष्कर्षमा पुर्याएको थियो शायद ।
उनलाई यस अवस्थामा पुर्याउन समकालीन राजनीतिक पिकृतिले बाध्य बनाएको कुरा उनका त्यसबेलामा प्रकाशित अन्तर्वार्ताहरूमा झल्किन्थ्यो ।
आफ्नो व्यक्तिगत तथा निजी स्वार्थबाट निकै टाढा रहेका रुदाने २०५६ साल असार ७ गते भौतिक संसारबाट बिदा लिई, भौतिक रूपमा नरहे पनि आज उनले जगाएका मनहरूले, उनले ब्यूँताएका जनहरूको तनमनले देशमा ठूलो परिवर्तन त आयो तर यस परिवर्तनलाई दिगो बनाइरहन आज उठेर पनि सुतिरहेका, मृतआत्माले बाँचेकाहरूलाई सञ्जीवनी दिइ ब्यूँझाउन थुप्रै ‘रुदाने’लाई देशले खोजिरहेको छ ।
मान्छेभित्रको मान्छे जगाउने एक पृथक अभियान ‘थाहा’ को दार्शनिक पक्षबाट यसको अध्ययन, अनुसन्धान, विश्लेषण गरी सामाजिक, आर्थिक, राजनीतिक पाटोको मौलिक चिन्तनको आवश्यक्ता रहेको बर्तमान परिपे्रक्षमा यस आन्दोलनको र ‘रुदाने’ को सान्दर्भिक्ता झन बढेको छ । भावपूर्ण श्रद्धाञ्जली ‘रुदाने’ प्रति ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७, २१:४०