ओखलढुंगा । ओखलढुंगामा पहिलो पटक एकजनामा कोरोना संक्रमण पुष्टि भएसँग अब कोरोनो नपुगेको जिल्ला एक मात्र बाँकी भएको छ । रसुवामा अझै कोरोनाको सङ्क्रमण देखिएको छैन ।
लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै ओखलढुंगा कुरोना पुष्टि हुने ७६ औँ जिल्ला बनेको हो ।
भरतबाट फर्किएका उनको पीसीआर रिपोर्टमा कोरोना देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो। संक्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् ।
भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७, ०६:३६