काठमाडौं । घरमा श्रीमान्सँग दिनहुँ खटपट र घरझगडाले दिक्क परेकी रीना एक छोरा र छोरीको पढाईकै लागि विदेश लाग्नुभयो । सुनसरीका रीना लुईटेललाई कुवेतको भिसा लाईदिन्छु भनेर एजेन्टले ओमन पुर्याइदियो ।
ओमनबाट फेरी कुबेत पुगेर दुःख कष्ट झेल्दै अहिले उद्धारपछि नेपाल आइपुनु भएको छ । काठमाडौंमा ओर्लिदा उहाँको अनुहार थुरै उज्यालिएको छ । तर मनमा लागेको पीडा बादललाई कुनै पनि किरणले छिचोल्न सकेको छैन ।
काम धेरै । तलब कम । कम भएको पनि कहिलेकाही काटेर दिने । ५ वटा सम्म घरमा घरेलु कामदारको रुपमा काममगर्दा रीनाले कयौपटक यौन दुव्र्यबहारको सामना गनुपर्यो ।
रामेछाप खाँडादेवीकी कुमारी थापा मगर ब्यवस्थित परिवार बसाउने सपना बोकेर सात वर्ष अगाडि कुबेत पुग्नुभयो । तर जीवन झन अस्तब्यस्त बन्यो । सातबर्षमा कारोनाभन्दा डरलाग्दा कहर झेलेर आफ्नै जन्मभुमि फर्केकी कुमारीलाई अहिले संसार जिते जस्तो लागेको छ ।
पेटले खाना माग्दा पटुकका कसेर सहनुपर्ने ती बाध्यताका दिनलाई विदा गरेर नेपाल फर्किदा अर्को जन्म पाएको महसुस भएको छ ।
सरकारले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहानेहरुलाई स्वदेश फर्काइरहेको छ । कोभिड १९ पछि अप्ठयारोमा परेकाहरु घर फर्किदैछन । गैह्र कानूनी रुपमा विदेशिने बसेका ७ सयभन्दा बढी महिलाहरु पनि विदेश फर्किएका छन् । उताको पीडा फोलेर यता आएकाहरुलाई ब्यवस्थतापनको अर्को चिन्ताले सताइरहेको छ ।
नवलपरासीकी विमला तामाडं ५ महिनाको गर्भसँगै स्वदेश फर्कनु भएको छ । लकडाउनकै कारण दुबईमा उहाँको काम बन्द भयो । चार महिनादेखि रोजगारबिहीन बनेपछि गर्भ जाँचका लागि र खानका लागि पनि सहयोग माग्दै बस्नु परेको पीडाले सम्झीदा अहिले पनि भक्कानिनु हुन्छ ।
बाध्यताले अर्काको भूमिका पसिना बगाउन .कुवेत हिडेकी फुलमाया लाबरलाई पनि विदेशी भुमिमा पाईला टेकेपछि सुख कहिल्यै भएन । पेटले खाना माग्दा पटुकका कसेर सहनुपर्ने ती बाध्यताका दिनलाई विदा गरेर नेपाल फर्किदा अर्को जन्म पाएको महसुस भएको छ ।
‘हामी जुन कष्ट सहरेर नेपाल फर्कियौ अहिले त संसार जितेको महसुस भएको छ ’ उहाँले भन्नुभयो, ‘अब नेपालमा जे पाइन्छ त्यही काम गर्छौ विदेश जान्नौ ।’
रोजगारीका लागी खाडी मुलुक पुगेपछि अवैध भएर बसेका महिलाले पल–पल पीडा झेलेका छन । ती पीडाबाट उम्किदै आफ्नै देश फर्की आयौ भन्दै ७ सय भन्दा बढी महिला कामदारहरु स्वदेश फर्किसकेका छन् । स्वदेश फर्कन पाउँदाको खुशी त छदैछ । तर, आएपछिको ब्यवस्थापन कसरी गर्ने भन्ने चिन्ताले थिच्न थालेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७, १२:४६