काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । ६ महिनापछि बस्न लागेको बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवादका विषयमा छलफल हुनेछ ।
पार्टीभित्र संसदबाट पारित गर्न हुने वा नहुने विषयमा दुई धार देखिएकाले त्यसमा साझा धारणा बनाउन बैठक बोलाइएको हो ।
बैठक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
लिखित भन्दा बुदागत प्रतिवेदन पेश गर्ने तयारी छ । छलफलको एजेण्डा भने स्थायी समितिका सदस्यहरुलाई जानाकारी गराइएको छैन । एमसीसीका विषयमा दुई अध्यक्ष केपी शर्मा ओली ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै मतभेद छ ।
नेकपा स्थायी समितिका सदस्य वेदुराम भुसालले बैठकमा एमसीसी विषयसँगै यसअघि भएका कार्यको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुनेछ । नागकिरता विवादका विषयमा पनि स्थायी समितिमा छलफल हुनेछ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७, ०७:३०