काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका उच्च नेताहरुको बैठक बोलाउनु भएको छ । पूर्वप्रधानमन्त्रीलगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेतालाई आज शीतल निवासमा बोलाएको छ ।
पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई बोलाएको राष्ट्रपति कार्यलयले जनाएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने नियमित छलफल भएको बताउनुभयो ।
कोभिड १९ नियन्त्रणको पहल, संविधानमा भएको संशोधन, नागरिकता विवादलगायत समसामयिक विषयमा छलफल हुनेछ । बैठक साँझ ५ बजे बोलाइएको छ ।
लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेतासँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७, १४:२३