काठमाडौं । नेपालमा सलह किरा प्रवेश गरेको छ । दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै सलह, नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले बताएका छन् ।
आज दिउँसो रुपन्देहीको बुटवल लगाएतका क्षेत्रमा देखिएको सलह विहान प्रदेश २ का बारा, पर्सा र सर्लाही लगाएतका जिल्लामा देखिएको थियो ।
अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपाल भित्रिएको हो ।
एकाविहानै पर्सा र बाराको आकाश हुँदै सलह उत्तर तिर लागेको निजगढका किसान रामप्रसाद पाण्डेले बताउनुभयो । ६० वर्ष अघि नेपालमा सलह आएको थियो । त्यसबेला अनिकाल ब्यहोरेका मानिस अहिले पनि भेटिन्छन् ।
सलहले हरियो बोट विरुवा उजाड हुने गरी खाईदिने भएकाले किसानलाई बाली कसरी जोगाउने भन्ने चिन्ता शुरु भएको छ ।
आज दिउँसो रुपन्देहीको बुटवल लगाएतका क्षेत्रमा देखिएको सलह विहान प्रदेश २ का बारा, पर्सा र सर्लाही लगाएतका जिल्लामा देखिएको थियो ।
सलहले आज साँझसम्म बारा र पर्सा क्षेत्रको बाली नालीमा क्षति पुर्याएको छैन । जीतपुरसिमरा उपमहानगरपालिकाको कृषि शाखाका प्राविधिक धिरज पौडेलले अहिले सम्म यो किरा घास र पातहरुमा बसिरहेको देखिएको जानकारी दिनुभयो ।
नेपालमा सलह भित्रिएको पुष्टि भएपछि प्राविधिकहरुले अध्ययन सुरु गरिसकेका छन् । पहिलो चरणमा गरिएको अध्ययनअ नुसार हावाले छुट्टिएको एक झुण्ड नेपाल प्रवेश गरेको हुनसक्ने कृषि प्राविधिकको अनुमान छ ।
तीन हप्ता अघि मात्रै कृषि मन्त्रालयले नेपालमा सलह नभित्रिने बताएको थियो । तर रुपन्देही, नवलपरासी, बारा, पर्सा, रौतहट लगाएतका जिल्लामा सलह किराको झुण्ड देखिएपछि मन्त्रालयको अनुमान गलत साबित भएको छ ।
सलह आउँदैन भनेर तयारी बिनै ढुक्कले बसेको मन्त्रालय अब के गर्छ ? सीआईएनसंग कुराकानी गर्दै मन्त्रालयका प्रवक्ता डा. हरि बहादुर केसीले सलहको नियन्त्रणको लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको दाबी गर्नुभयो ।
उहाँका अनुसार संघ, प्रदेश र स्थानीय तह गरि तिनै सरकारले नै सलहबाट हुन सक्ने क्षति कम गर्नको बिषादी छर्ने, प्राबिधकहरुको टोली खटाउने लगाएतको काम गरिसकेको छ ।
नेपालमा सलह भित्रिएपछि कृषि मन्त्रालय माताहतका एक दर्जनबढी विज्ञले पाकिस्तानी वैज्ञानिकसँग सलह नियन्त्रण उपायबारे परामर्श लिएका छन् ।
नेपालमा सलह भित्रिएपछि कृषि मन्त्रालय माताहतका एक दर्जनबढी विज्ञले पाकिस्तानी वैज्ञानिकसँग सलह नियन्त्रण उपायबारे परामर्श लिएका छन् । सलह नियन्त्रणमा सफलता हात पारेका पाकिस्तानी किट वैज्ञानिकसँग दुई घण्टा भिडियो माध्यमबाट छलफल भएको मन्त्रालयका प्रवक्ता केसीले जानकारी दिनुभयो । बैज्ञानिकहरुले नेपालमा यो किरा हावाको झोका संगै प्रवेश गरेको हुन सक्ने र यसको सङ्ख्या त्यति धेरै नभएको तथा यसबाट क्षति पनि धेरै नहुने भन्दै नआत्तिन सुझाब दिएको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्र संघले विश्वको कुल जनसंख्याको १० प्रतिशत मानवको खाद्यान्नमा सलहको असर देखिन सक्ने अनुमान गरेको छ । फौजी किराले मकै नष्ट पारेपछि हैरान भएका किसान फेरि सलहबाट खेती, बाली कसरी जोगाउने भन्ने चिन्तामा छन् ।
सलहलाइ कसरी व्यवस्थापन गर्न सकिन्छ ?
सलहलाइ बिभिन्न तरिकाले धपाउन सकिने विज्ञहरुले बताएका छन् । हुललाइ तितर, बितर पारेर, आगो बालेर, धुँवा निकालेर यसबाट हुन सक्ने क्षति घटाउन सकिन्छ ।
हाँसको प्रयोग गरेर पनि यो किरा कम गर्न सकिन्छ । हाँसले यो किरालाइ खाइदिन्छ । एक हाँसले दिनमा २ सय सलह खाने भएकाले चीनले केही समय अघि सलहसँग लड्न पाकिस्तानलाई एक लाख हाँस पठाएको थियो ।
यस्तै माकुरा तथा छेपारोले पनि यो सलह किरा खान्छ । यसैगरि थाल ठटाएर, ड्रम बजाएर, चर्को स्वरमा स्पिकर बजाएर पनि यो किरालाइ भगाउन सकिन्छ । यस्तै किटनासकको प्रयोगबाट पनि यसलाइ नियन्त्रण गर्न सकिन्छ ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७, १९:११