काठमाडौं । कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । अछामको रामारोशन गाउँपालिका ५ का ४५ बर्षका पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो ।
उहाँ भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टाइनमा बसिरहनु भएको थियो । असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।
आकस्मिक कक्षमा उपचारको क्रममा उहाँको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । कोरोना पुष्टि भने गएराती मात्रै भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या ३० पुगेको छ । सुदूरपश्चिममा मात्रै कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७, ०७:०४