काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा एक लिटरमा ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २ रुपैयाँ बढेको हो । बढेको मूल्य आजैदेखि लागु हुनेछ ।
मूल्यवृद्धिपछि काठमाण्डौ उपत्यकामा एक लिटर पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ पुगेको छ ।
आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा आजदेखि लागू हुने गरी मूल्य बढाएको जनाएको छ ।
निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मूल्यवृद्धि गरेको हो । विगत केही दिनको अन्तर्राष्ट्रिय बजारको मूल्य हेर्दा आइओसीबाट घटेर नयाँ मूल्य आउने सम्भावना छ ।
यो मूल्यवृद्धिपछि निगमलाई आगामी १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुनेछ ।
निगमले पेट्रोलमा १६ पैसा नोक्सान तथा डिजेलमा १.५ रुपैयाँ नाफा राखेर मूल्यवृद्धि गरेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७, ०७:०६