काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँगको आकस्मिक बैठक बोलाउनु भएको छ । स्थायी कमिटीको बैठकमा राजीनामा दिनुपर्ने विषय उठेपछि राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएको हो ।
स्थायी कमिटीको बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि आज बिहान प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाउनु भएको छ ।
अहिले बिहान ८ बजे सबै मन्त्रीहरुलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा उहाँले अब कसरी अगाडी बढने भन्ने विषयमा सुझाव माग्नुहुनेछ ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७, ०७:४८