कैलाली । कैलालीको रानी जमरा कुलरिया सिँचाइ प्रणाली, जसबाट त्यस क्षेत्रको ११ हजार ५ सय हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।
जानकी गाउँपालिका ९ बलचउरमा भेटिएका स्थानीय प्रेमराज शर्माले भन्नुभयो,‘ पानी बर्षेन भने त पहाडका मूलहरू फुट्दैनन् । कर्णालीको पानी कम हुन्छ । त्यसैले वर्षामा हामी यसबाट दुईतीन महिना पानी पाउने गरेका छौँ ।’
जीवीकोपार्जन र उत्पादनका लागि सिँचाइ व्यवस्थापन गर्न यहाँका नागरिकको सक्रियता र सरसल्लाह अरुले पनि सिको गर्न लायक छ । समुदायले परम्परागत रूपमा व्यवस्थापन गरेको दक्षिण एसियाकै पहिलो र सबैभन्दा ठूलो सिँचाइ आयोजना बनेको छ ।
रानीजमरा कुलरिया सिँचाइ प्रणाली मूल समितिका उपाध्यक्ष दामोदर खड्काले किसानहरूबाटै निर्मित कुला प्रणाली भएको उल्लेख गर्नुभयो ।
देशावरमा हजारौँ स्थानीय खाने, सुत्ने काम पनि कुलो वरिपरि नै गर्छन् । काम नसकिँदासम्म उनीहरू हप्ता, १० दिनसम्म कुलो आसपासमै रात बिताउँछन् । कुले खन्ने काम सकिएपछि गुरुवा अर्थात पुजारीको काम गर्ने अगुवाले जिब्रो छेडेर रगत बगाउँछन् त्यसपछि पानी बग्न थाल्छ ।
‘१९५३ मा रानी कुला खनिएको हो भने १९६० मा जमराको उत्खनन् भएको हो । १९७२ मा कुलरिया कुलो खनिएको हो ।’ उपाध्यक्ष खड्काले भन्नुभयो, ‘इन्जिनियरिङ पाटो पनि थारु समुदायका नागरिकको नै हो । चौधरी समुदायको बाहुल्यता थियो यहाँ र उनीहरूबाटै खनेर यहाँसम्म पुर्याइएको हो ।’
एक सय २१ वर्ष पूरानो सिँचाइ अभ्यासमा रानीजमरा र कुलरिया तीन वटा मूल कुलोमा ४८ वटा उपशाखा र एक हजार परशाखा छन् । पर शाखा, उपशाखा हुँदै मूल समिति गठन हुने प्रजातान्त्रिक अभ्यास चलाइएको छ ।
समितिले पाँच वर्षको कार्यकाल पाउँछ । सिँचाइ प्रणालीलाई बडघर प्रथा अन्तर्गत व्यवस्थापन गर्दै आएको बताउँदै कुलरिया शाखा कुलोका सचिव सहिनलाल कठरियाले थप्नुभयो,‘ सिँचाई प्रणालीमा चाहिँ हाम्रो २५ जनाको कार्यसमिति हुन्छ । प्रत्येक वर्ष साधारण सभा प्रजातान्त्रिक प्रक्रियाबाट हुन्छ । अनि कुलाको कार्यसमिति पनि त्यसबाट छटौट हुन्छ ।’
स्थानीय समुदायको वर्षौदेखिको यो अभ्यासलाई सरकारले आधुनिक बनाउने योजना ल्याएको छ । विश्व बैँक र सरकारको संयुक्त पहलमा रानी जमरा कुलरिया बहुउद्देश्यीय सिँचाइ आयोजना नै बनाएर यसलाई व्यवस्थित बनाउने काम सुरु भएको छ । आर्थिक र प्राविधिक पाटोमा सहयोग लिए पनि सिँचाइ विस्तार र व्यवस्थापनमा भने समुदायका नागरिक नै मुख्य भूमिकामा छन् ।
कुलरिया मुख्य शाखा अन्तर्गत मात्रै १४ वटा उपशाखा र ३ सय ३६ वटा परशाखा छन् । बडघरले कुलो खन्ने योजना बनाएर गाउँका सबैलाई खवर गरेपछि एकसाथ कुलो खन्ने, मर्मत गर्ने काम सुरु हुन्छ, जसलाई स्थानीयहरू देशावर भन्छन् ।
देशावरमा हजारौँ स्थानीय खाने, सुत्ने काम पनि कुलो वरिपरि नै गर्छन् । काम नसकिँदासम्म उनीहरू हप्ता, १० दिनसम्म कुलो आसपासमै रात बिताउँछन् । कुले खन्ने काम सकिएपछि गुरुवा अर्थात पुजारीको काम गर्ने अगुवाले जिब्रो छेडेर रगत बगाउँछन् त्यसपछि पानी बग्न थाल्छ ।
अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा हस्तान्त्रण गर्दै जाने र ज्ञानको आदानप्रदान हुने अवसरको रूपमा पनि देशावरलाई लिइन्छ । यसले सामाजिक विकास र एकताको भावनाको पनि विकास गरेको छ भन्नुहुन्छ, जानकी गाउँपालिका ९ का रङ्गबहादुर भाट ।
एकै ताउलोमा भात पकाएर खाने परम्परा रहेको सम्झँदै उहाँले भन्नुभयो, ‘हामी बीचमा मेलमिलाप पनि राम्रो छ यो कुलामा आएपछि । आज बीसौँ हजार जनता छौँ र हाम्रा आआफ्ना समूह हुन्छन् गाउँमा तर थारु, पहाडी भन्दैनौँ । हामी एकै ठाउँमा भात पकाएर खाने चलन रहेको छ ।’
स्थानीय समुदायको वर्षौदेखिको यो अभ्यासलाई सरकारले आधुनिक बनाउने योजना ल्याएको छ । विश्व बैँक र सरकारको संयुक्त पहलमा रानी जमरा कुलरिया बहुउद्देश्यीय सिँचाइ आयोजना नै बनाएर यसलाई व्यवस्थित बनाउने काम सुरु भएको छ ।
आर्थिक र प्राविधिक पाटोमा सहयोग लिए पनि सिँचाइ विस्तार र व्यवस्थापनमा भने समुदायका नागरिक नै मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५, १४:४९