पर्वत । गण्डकी प्रदेशका ४ जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान एक विज्ञप्ति प्रकाशित गरी थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा पर्वतको फलेवास नगरपालिकाका २१ वर्षीय, कुश्मा नगरपालिकाका २७ वर्षीय एक पुरुष रहेका छन् ।
तनहुँको ऋषिङ गाउँपालिकाका २६, २७ र २६ वर्षका पुरुष, स्याङजाको कालीगण्डकी गाउँपालिकाका २० वर्षीय र वालिङ नगरपालिकाका १३ वर्षीय एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।
सबैलाई सम्बन्धित जिल्लाको आईसोलेसनमा ल्याउने तयारी भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार १४ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७, ११:५९